काठमाडौं, १६ भदौ । बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको सुर्यविनायक नगरपालिका–६ बस्ने ६१ वर्षीय सिताराम शाही छन् ।

बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७९ असार ६ मा उनलाई १६ लाख १९ हजार जरिवाना तथा ४ दिन कैद सजाय ठहर गरेको थियो ।

फैसलापछि फरार शाहीलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।