मतपत्र छपाइस्थलमा सेना परिचालन

काठमाडौं, १६ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागी आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन गरिएको छ ।
सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी छ । त्यहाँ सेनाले सुरक्षाको जिम्मेवारी लिइसकेको छ ।
मतपत्र छपाई र स्थलको सुरक्षामा सैनिक टोली खटाइएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताए । प्रवक्ता सिलवालले भने– ‘मतपत्र छपाइ सुरक्षास्थलमा सेनाको टिमले आफ्नो जिम्मेवारी लिइसकेको छ ।’
सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा भैरवनाथ गणबाट एउटा कम्पनीभन्दा धेरै सैनिक परिचालन गरिएको छ । मतपत्र छपाइस्थल सुरक्षामा ७ नम्बर बाहिनीका लक्ष्मण खत्रीलाई लियाजन अफिसर तोकिएको छ ।
निर्वाचन अवधिमा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षाको तयारी पनि सेनाले गरिरहेको छ । त्यस्तै निर्वाचनमा आवश्यक सवारी साधन र बजेटबारे छलफल भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


