काठमाडौं, १६ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बयान अचानक रोकिएको छ ।

उनको बयान बिहीबार दोस्रो दिन सिंहदरबारमा जारी थियो । तर, यो अचानक रोकिएको छ ।

महाअभियोग सिफारिस समितिको बैठकमा उनको बयान जारी हुँदाहुँदै रोकिएको हो ।

बुधबार सुरु भएको उनको बयानका लागि ४३ वटा प्रश्न तयार पारिएको थियो । तीमध्ये बुधबार ४ वटामात्र प्रश्न सोधिएको थियो । बिहीबार पनि उनीसँग दुई प्रश्नभन्दा बढी सोधिएन ।

१ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

अर्को बैठक १९ भदौमा बस्ने तय भएको समितिका एक सदस्यले जानकारी दिएका छन् ।