धनुषा–३ (१) को प्रत्यक्षतर्फ रामसरोज यादवको नाम सिफारिस

जनकपुरधाम, १६ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर–३ (१) को प्रत्यक्षतर्फ मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको नाम सिफारिस गरिएको छ ।
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको विशेष उपस्थितीमा भएको प्रदेश स्तरीय बिस्तारित बैठकबाट मन्त्री यादवको नाम सिफारिस गरिएको हो ।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ (१) को प्रदेश स्तरीय बिस्तारित बैठकबाट प्रत्यक्ष तर्फको उम्मेदवारमा यादवको नाम सिफारिस गर्ने निर्णय गरिएको बताइएको छ ।
यादव २०७४ को निर्वाचनमा पनि धनुषा क्षेत्र नम्बर–३ (१) बाट निर्वाचित भएका थिए ।
त्यस्तै समानुपातिकतर्फ १० पुरुष र ५ जना महिलाको नाम प्रस्ताव भएको छ ।
समानुपातिकत सम्बन्धी निर्णय गर्नका लागि पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेका संसदीय दलका नेता रामसरोज यादव, क्षेत्र नम्बर ३ (१) का सभापति छेदी राउत र क्षेत्रीय सभापति धिरेन्द्र कुमार निधिसहित ३ जनाको समिति बनाइएको छ ।
उनीहरु तीनैजनाले समानुपातिक उम्मेदवारको नाम छनोट गर्ने जिम्मेवारी पाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


