जथाभावी बोल्ने आलोचकलाई पक्राउ गर्ने मेयर साम्पाङको चेतावनी

सुनसरी, १६ भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जथाभावी बोल्ने आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भद्दा गाली गर्ने व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन् ।
गालीगलौज गर्नेलाई पक्राउ गरी मानहानी र गाली बेइज्जतीको मुद्दा चलाइनेसमेत बताएका हुन् ।
‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछ’, उनले लेखेका छन्, ‘अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


