काठमाडौं, १६ भदौ । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको दोस्रो दिनको बयान लिन सुरु गरेको छ ।

महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो । समितिले बुधबार पनि उनीसँग बयान लिएको थियो ।

बुधबार उनले आफूमाथि लागेका आरोपको जवाफ दिने क्रममा अन्य न्यायाधीश र राजनीतिक दलका नेताहरुमाथि पनि विभिन्न आक्षेप लगाएका थिए ।

जबराविरुद्ध गत १ फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।