उम्मेदवार बन्नका लागि सिरहाका दुईवटा क्षेत्रबाट उपेन्द्र यादवको नाम सिफारिस

जनकपुरधाम, १५ भदौ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि जनता समाजवादी पार्टी नेपाल सिरहाले अध्यक्ष उपेन्द्र यादवको नाम दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस गरेको छ ।
जिल्लाको क्षेत्र नम्बर १ र २ बाट उनको नाम सिफारिस गरिएको जसपाका जिल्ला अध्यक्ष अशोक यादवले जानकारी दिएका हुन् ।
दुवै क्षेत्रीय कमिटीको बुधबार बसेको बैठकले अध्यक्ष यादवको नाम सिफारिस गरेको उनले बताए । यादवले क्षेत्रीय कमिटीको निर्णय जिल्ला कमिटीमा आइसकेको र यसबारे छलफल समेत सुरू भइसकेकोसमेत जानकारी दिए ।
यसअघि बारा क्षेत्र नम्बर–२ कमिटीले पनि अध्यक्ष यादवको नाम सिफारिस गरिसकेको छ । अध्यक्ष यादव २०७४ सालको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


