काठमाडौं, १५ भदौ । पत्रकार हरिशरण लामिछानेले आफ्नो भाइ रवि लामिछाने र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने घोषणा गरेका छन् ।

स्वतन्त्र उम्मेदवारका रूपमा उठे कुलमान र रविलाई आफूले दाबी गर्दै आएको काठमाडौं–३ छाड्न तयार रहेको हरिशरणले सार्वजनिक रुपमा घोषणा गरेका हुन् ।

चुनावमा उठ्न आफू र कुलमानले सरकारी सेवाबाट राजीनामा दिनुपर्ने उल्लेख गर्दै उनले अमुक पार्टीको मोहोरा बन्नुभन्दा ‘स्वतन्त्र–पथ’मा आउन कुलमानलाई आग्रह गरे ।