बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

झापा, १४ भदौ । बालिकालाई बलात्कार गरेको आरोपमा झापाको हल्दीबारी गाउँपालिका–३ बाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हल्दीबारी घर भएका ४७ वर्षका चित्र बहादुर गुरुङ छन् ।
उनीमाथि १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । आईतबार साँझ बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


