सामाजिक सञ्जालमार्फत मेरो चरित्र हत्या गरियो : महेश बस्नेत

काठमाडौं, १४ भदौ । नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको बताएका छन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटामाथि आक्रमण भएको भिडियोलाई आफ्नो नाममा सामाजिक सञ्जालमा पोस्ट गरेर चरित्र हत्या गरिएको उनको भनाइ छ ।
मंगलबार सामाजिक सञ्जालमा बस्नेतलाई माओवादी केन्द्रको भ्रातृ संस्था वाइसिएलले कुटेको भन्दै पोस्ट गरिएको उक्त भिडियो भाइरल भइरहेको छ ।
बस्नेतले गलत भिडियो हालेर आफ्नो चरित्र हत्या गरिएको बताए । उनले यसविरुद्ध आफू कानुनी प्रक्रियामा जाने पनि उनको भनाइ छ ।
’सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्त्वहरूलाई कानुनी कारबाही गर्नेछौँ । तत्काल साइबर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रकृया अगाडि बढाउनेसमेत जानकारी गराउँछु,’ बस्नेतका स्वकीय सचिव दिनेश थापाले भनेका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियो वैशाखको हो । माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौताराको मेयरमा सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले रोक्न खोजेका थिए । त्यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


