आगामी निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्ने

काठमाडौं, १३ भदौ । सरकारले आगामी निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि सो संख्यामा म्यादी प्रहरीको भर्ना खोल्न अर्थ मन्त्रालयले स्वीकृति दिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
अर्थले स्वीकृति दिएसँगै भर्ना खोल्ने तथा छनोटको प्रक्रिया अगाडि बढाइने उनले बताए । म्यादी प्रहरी कम्तीमा पनि ४० दिनको लागि भर्ना खुल्ने उनले जानकारी दिए ।
यसअघि वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । उनीहरूलाई ४५ दिनको लागि भर्ना गरिएको थियो ।
अहिले प्रतिनिधि र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुन लागेको भन्दै नेपाल प्रहरीले म्यादी प्रहरीको संख्या बढाउनुपर्ने बताएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


