बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

रूपन्देही, १३ भदौ । रूपन्देहीमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय दीपक पुन रहेका छन् ।
उनले आफ्नै ५१ वर्षीय बुवा प्रेमप्रसादको हत्या गरेको आरोप छ ।
आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्या गरेको खबरपछि वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


