काठमाडौं, १३ भदौ । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनीत भएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई दलको नेता पदमा मनोनयन गरेका हुन् ।

यसअघि राष्ट्रिय सभामा कांग्रेस दलको नेता राधेश्याम अधिकारी थिए । उनको कार्यकाल २०७८ साल फागुनमा सकिएपछि सो पद रिक्त थियो ।