राष्ट्रपतिले पठाएको पत्रको सरकारले सम्मान गर्छ : गृहमन्त्री खाँण

काठमाडौं, १३ भदौ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन गर्न बनेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका छन् ।
सोमबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा गृहमन्त्री खाँणले विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सुझाव र सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका हुन् ।
राष्ट्रपतिबाट सन्देशसहित विधेयक फिर्ता आउनु प्रक्रिया नै रहेको भन्दै उनले राष्ट्रपतिले पठाएको सन्देश उपर नै छलफल गर्नुपर्नेमा जोड दिए ।
बैठकमा सांसदहरूले विधेयक उपर हालेको संशोधन प्रस्तावको विषयमा जिज्ञासा राखेका थिए । तर, गृहमन्त्री खाँणले विधेयक पास गर्दा अस्वीकृत भएका संशोधन प्रस्तावमाथि छलफल नहुने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


