नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिष्कार गर्ने

काठमाडौं, १२ भदौ । नेकपा (क्रान्तिकारी माओवादी)ले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य पदको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।
महासचिव मोहन वैद्य ‘किरण’ को अध्यक्षतामा केन्द्रीय समितिको विशेष बैठकले निर्वाचनलाई सक्रिय रूपमा बहिष्कारको नीति अवलम्बन गर्ने निर्णय गरेको पार्टीले जानकारी दिएको हो ।
यस नीति तथा निर्णयको दृढ कार्यान्वयनका लागि पार्टीले विभिन्न कार्यक्रमहरूको आयोजनासमेत गर्ने भएको छ । संघ तथा प्रदेश दुवै तहको संसदीय निर्वाचन स्वच्छ, निष्पक्ष तथा धाँधली रहित उदारवादी हिसाबले सम्पन्न गरिने नभई वर्तमान राज्यसत्ता तथा व्यवस्थाका प्रतिनिधिहरूद्वारा फासीवादी ढङ्गले प्रस्तुत हुने देखिएको पार्टीको ठहर छ ।
त्यस्तै प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्त्वहरूद्वारा पैसाको खोलो बगाउने, साधन स्रोतहरूको चरम दुरुपयोग गर्ने, शक्ति प्रदर्शन तथा साम, दाम, दण्ड, भेदका विविध नीति तथा उपायहरूको प्रयोग गरी जनसमुदायलाई, अत्यधिक रूपमा त्रसित, आतङ्कित एवम् भयभीत तुल्याउने र घेराबन्दीमा पार्ने अवस्था रहेको बैठकले निष्कर्ष निकालेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


