थुनुवा छुटाइदिने भन्दै ५० हजार रुपैयाँ घुस लिएका एक युवक पक्राउ

दाङ, १२ भदौ । थुनुवा कक्षमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ५० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ बस्ने २० वर्षीय प्रतिक बस्नेत छन् । उनी स्वयम् ८ हजार धरौटीमा छुटेका व्यक्ति हुन ।
बस्नेतले थुनुवा कक्षमा हुँदा भित्रै अन्य तीन जनासँग चिनजान गरेर परिवारका सदस्यको नम्बर लिई उनीहरुलाई छुटाउने भन्दै ५० हजार रुपैयाँ लिएका थिए ।
तर थुनुवाहरु नछुटेपछि परिवारले प्रहरीलाई उक्त कुराको जानकारी गराएका हुन् । अनुसन्धान गर्दै जाँदा धरौटीमा छुटेका बस्नेतले नै रकम लिएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।
बस्नेतलाई प्युठानबाट पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


