इन्जिनियर बम घुस रकमसहित रंगेहात पक्राउ

सुर्खेत, ११ भदौ । सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयमा ब्लुबुक नवीकरण गरेबापत घुस लिएका मेकानिकल इन्जिनियर दीपक बम घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले उनलाई ३ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
सेवाग्राहीसँग ब्लुबुक नवीकरण, जाँचपास नवीकरण र रूट पर्मिट नवीकरण गरिदिनका लागि घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको सुर्खेत कार्यालयबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
घुस रकमरहित विचौलिया नीरकबहादुर शाहीलाई समेत पक्राउ गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


