काठमाडौं, ११ भदौ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको छ ।

शुक्रबारदेखि चलेको केन्द्रीय कमिटीको बैठकले मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा अध्यक्ष ओलीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको हो ।

शनिबार सम्पन्न बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई पारित गरिसकेको छ । त्यसैगरी बैठकले म्मेदवारको मापदण्ड, सिफारिसको मिति समेत तोकेको छ ।

यसैबीच अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित बनेका नेताहरूलाई यसपटक दोहो¥याएर समानुपातिक उम्मेदवार नबनाउने पनि एमालेले निर्णय गरेको छ ।