आउने चुनावमा ‘बा’हरूलाई ससम्मान बिदा गरौँ : रवि लामिछाने

काठमाडौं, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बिदा गर्नुपर्ने समय आएको बताएका छन् ।
लामिछानेले पछाडि ‘बा’भएकाहरूलाई स–सम्मान बिदा गर्नुपर्ने बताउँदै अगाडि ‘बा’ भएका (बालेन शाह) डोजर लिएर निस्किएको बताएका हुन् ।
उनले भने, ‘म सबै ‘बा’हरूलाई आज ‘बा’को मुख हेर्ने दिन स–सम्मान एउटा सन्देश दिन चाहन्छु, पछाडि बा भएका तीन ‘बा’ केपी ‘बा’, देउवा, नानीका ‘बा’ । पछाडि ‘बा’ भएकाहरूलाई स–सम्मान बिदा गरौँ, किनकि अगाडि ‘बा’ भएका डोजर लिएर निस्किसकेका छन् ।’
शनिबार काठमाडौंमा आयोजित उपत्यका भेलालाई सम्बोधन गर्दै उनले ‘बा’हरूलाई जनताले आगामी निर्वाचनबाट बिदा दिनुपर्ने धारणा राखे ।
लामिछानेले नेपालका दलहरूको कारणले राजनीति घिनलाग्दो भएको बताउँदै बेथितिको मेन स्विच बन्द गर्ने उद्देश्यले आफू राजनीतिमा आएको उल्लेख गरे ।
आउने चुनावमा घण्टी चिन्हका उम्मेदवारहरूलाई पनि एजेन्डाहरूबारे प्रश्न गर्न नागरिकलाई उनले आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


