एमालेले गर्यो उम्मेदवार चयनको मापदण्ड तय

काठमाडौं, ११ भदौ । नेकपा एमालेले उम्मेदवार चयनको मापदण्ड तय गरेको छ ।
शनिबार ललितपुरको च्यासलस्थित पार्टीको मुख्यालयमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारको मापदण्ड तय गरेको हो ।
उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुनबमोजिमको योग्यता भएको हुनुपर्ने मापदण्ड रहेका छन् ।
उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले निर्वाचनका लागि लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।
बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेशसभा क्षेत्र समन्वय कमिटीले उम्मेदवारको सिफारिस गर्ने छन् । सिफारिस गर्दा एक महिलासहित ३ महिलाको नाम सिफारिस गर्नुपर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


