सप्तरीका जनप्रतिनिधिविरुद्ध उजुरी

सप्तरी, ११ भदौ । सप्तरीका जनप्रतिनिधिविरुद्ध स्थानीय प्रशासनमा उजुरी परेको छ ।
मिटरब्याजमा ऋण दिएको आरोपमा जिल्लाको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीरा यादव र तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष फूलकुमारी साहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।
प्रशासनका अनुसार ऋण लिएको पैसा तिर्दासमेत उनीहरूले जग्गा फिर्ता नगरेको आरोप छ । तर, दुवै जनाले मिटरब्याजमा ऋण दिएको अस्वीकार गरेका छन् ।
भदौ ५ सम्ममा सप्तरीमा मिटरब्याजीविरुद्ध ११४ वटा उजुरी परेका छन् । सप्तरीका एसपी अभिनारायण काफ्लेले प्रशासनबाट आएका निवेदनमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
अनुसन्धान पूरा भएपछि गृह मन्त्रालयमा समन्वय गरी कारबाही अघि बढाउने एसपी काफ्लेले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


