काठमाडौं, १० भदौ । निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरलाई २० हजार रुपैयाँ फिर्ता गरेकी छन् ।

यसअघि उनलाई सहयोग गरेको २० हजार र उनका छोरालाई किनिदिएको चश्मा उनले फिर्ता गरेकी हुन् ।

यसअघि असारमा निहारिका अनसन बसेको वसन्तपुरमा पुगेर उनलाई सहयोग गर्ने भन्दै २० हजार रुपैयाँ दिएकी थिइन् । तर, गत साता उनले फेसबुकमा एउटा स्टाटस लेखेर आफूले गलत ठाउँमा पैसा दिएको आभास भएको दाबी गरेकी थिइन् ।

उनले आफूले गलत गरेको दाबी गर्दै फेसबुकमा निहारिकाका केही तस्वीर पनि राखेकी थिइन् । तीजको कार्यक्रममा सहभागी हुन पार्टी प्यालेस पुगेकी करिश्मासँग निहारिकाबीच पार्टी प्यालेसमै केहीबेर भनाभन गरेकी थिइन् ।

पैसा फिर्ता गरेपछि निहारिकाले करिश्माविरुद्ध आफ्ना नीजि तस्वीर सार्वजनिक गरेकामा उजुरी दिने तयारी गरेकोसमेत बताइएको छ ।