नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि प्रक्रियाबाटै पारित हुन्छ : प्रचण्ड

विराटनगर, १० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि प्रक्रियाबाटै पारित हुने बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि प्रक्रियाबाटै पारित हुन्छ । राष्ट्रपतिज्यूले पनि यसलाई प्रमाणित गर्नुहुन्छ, मेरो त्यहि विश्वास छ ।’
प्रचण्डले नागरिकता विधेयकका कारण मुलुकमा कुनै संकट नआउनेसमेत बताए । राष्ट्रपतिले सेना प्रमुख र पूर्वप्रमुख भेटेको प्रसंग कोट्याउँदै प्रचण्डले राष्ट्रपतिको पछिल्ला गतिविधि अस्वभाविक भएपनि त्यसले कुनै संकट ननिम्तिने बताएका हुन् ।
उनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको कुरा चाँडै र सजिलै मिल्नेसमेत बताए । प्रचण्डले सिटबाँडफाँटको विषय चर्चा भएजस्तो कुनै जटिल नरहेकोसमेत दाबी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


