‘जनताको साथमा कांग्रेस’ अभियानका लागि प्रदेश प्रतिनिधि खटाइयो

जनकपुरधाम, १० भदौ । नेपाली कांग्रेस मधेस प्रदेशले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ८ वटै जिल्लामा प्रदेश प्रतिनिधि खटाएको छ ।
कांग्रेसले १० भदौदेखि २४ भदौसम्म हुने अभियानका लागि प्रदेश सदस्यहरूलाई प्रतिनिधिको रूपमा खटाएको हो ।
महामन्त्री वृहत् श्रेष्ठका अनुसार प्रदेश प्रतिनिधिलाई वस्तुस्थिति बुझ्नेदेखि बन्न बाँकी रहेका संगठन उमेदवारको मुल्यांकन र संरचना निर्माणसम्मको जिम्मेवारी तोकिएको छ ।
‘प्रदेश सदस्यहरूलाई शुक्रबारभित्र अनिवार्य जिल्ला पुग्न निर्देशन दिइएको छ,’ प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी गराए , ‘प्रदेश प्रतिनिधिलाई वस्तुस्थिति बुझ्ने, बन्न बाँकी रहेका संगठन संरचना निर्माण र पार्टीका उम्मेदवारलाई विजयी बनाउने गरी अभियान सञ्चालनको जिम्मेवारी दिइएको छ ।’
पार्टी नेता एवं सांसद प्रदीप गिरीको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिनपछि सारेको हो । कांग्रेसले सूचना संचार तथा प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्तालाई सर्लाही जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ ।
कांग्रेस कार्यालय मुख्यसचिवका अनुसार जिम्मेवारी दिइएका प्रतिनिधिलाई पत्रसमेत दिइएको छ । कांग्रेस मधेस प्रदेश प्रतिनिधिहरूलाई निर्वाचनलाई केन्द्रित गरी स्थलगत रुपमा खटाएको प्रदेश सभापति कृष्णप्रसाद यादवको हस्ताक्षर गरेको पत्रमा उल्लेख गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


