सर्लाहीमा बजार क्षेत्रमा दिनदहाडै लुटपाट

सर्लाही, १० भदौ । सर्लाहीमा बजार क्षेत्रमा दिनदहाडै डकैती भएको छ । नकाबधारी समुहले हतियार देखाएर शुक्रवार विहान ८ लाखभन्दा बढी रकम लुटेका हुन् ।
चार जनाको समूहमा हतियारसहित आएका नकाबधारीको समूहले जिल्लाको गोडैता नगरपालिका–८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट गरेको हो ।
आईएमईको एक थान कम्प्युटरसहित ८ लाख ५० हजार रुपैयाँ लुटेर लुटेराको समूहले लगेको छ ।
बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताए ।
लुटपाट भएको ठाउँबाट दुई सय मिटर भित्रमा प्रहरी चौकी रहेको छ ।
यता प्रहरी नायब उपरीक्षक विजय यादवको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको हो । डीएसपी यादवले घटनाबारे सोधपुछ तथा लुटेरा समूहको पहिचानमा प्रहरी जुटेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


