हेटौंडा, ९ भदौ । बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र २ लाख ५९ हजार जरिवाना ठहर भएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ घर भई काठमाडौँको बुद्धनगर बस्ने २८ वर्षीय सन्तोष सापकोटा छन् ।

उच्च अदालत पाटनले २०७९ जेठ २४ मा सापकोटाविरुद्ध २ लाख ५९ हजार जरिवाना, ५ दिन कैद र १० हजार ३६० रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

भदौ ८ मा पक्राउ गरेर उनलाई ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।