भन्सार छलेर वीरगञ्जबाट काठमाडौं लगेको ३ ट्रक सामान बरामद

काठमाडौं, ९ भदौ । वीरगञ्जबाट भन्सार छलेर काठमाडौं लगेको सामान प्रहरीले बरामद गरेको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित त्रिभुवन पार्कबाट ३ ट्रक सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
भन्सार छलेर ल्याएका कपडा, किराना सामग्री, स्टेशनरी र मोटरसाइकलका पाटपुर्जा र भाँडा वर्तन बरामद गरिएको छ । बरामद गरिएको सामान राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी मैनालीले जानकारी दिए ।
सो सामान ना.६ ख. ८९ नम्बरको ट्रक, ना.६ ख. ७१ नम्बर र ना.७ ख. ९३२ नम्बरको ट्रकमा लोड गरेर वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो । ट्रक चालक र सहचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


