समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा हेमन्त राई चयन

काठमाडौं, ९ भदौ । जनता समाजवादी पार्टी नेपालको भ्रातृ संगठन समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा हेमन्त राई चयन भएका छन ।
जनकपुरधाम र काठमाडौं गरि दुई चरणमा सम्पन्न राष्ट्रिय भेलाले संघको नयाँ नेतृत्वमा राईलाई चयन गरेको हो ।
संघको केन्द्रीय नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हेमन्त आदिवासी जनजाति युवा महासंघको केन्द्रीय अध्यक्ष, किरात राई यायोक्खाको केन्द्रीय सचिव तथा शैक्षिक विभाग प्रमुखमा सक्रिय रहेका छन ।
सातवटै प्रदेश र क्षेत्र समेटेर समाजवादी युवा संघको २५ सदस्यीय केन्द्रीय पदाधिकारी सहित ६१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गरिएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा सञ्जीव कुमार यादव, निरज प्रधान, जितेन्द्र महरा तथा उपाध्यक्षमा असलम खान, श्याम शिल्पकार, दिनेश पटेल, शिवराम यादव र मुकेश कुशवाह चयन भएका छन ।
दीलिप पटेल महासचिवमा चुनिएका छन भने उप–महासचिवमा आतिश कुमार सिंह यादव, रेणु सिंह, रंजित गोस्वामी, अशोक मण्डल र सरोज यादव तथा संघको कोषाध्यक्षमा मनकला लिम्बु चयन भएका छन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


