पाँच दलीय गठबन्धनले सहमति जुटाउन सकेन

काठमाडौं, ९ भदौ । सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन ।बिहीबार बसेको गठबन्धन बैठकमा सिट बाँडफाँट सहमति नजुटेको हो ।
यसअघिका बैठकमा सहमति जुट्न नसकेपछि बिहीबार पनि बैठक बसेको थियो । तर, सहमति नजुटाइ विना निष्कर्ष बैठक सकिएको छ ।
सिट बाँडफाँटका लागि बनाएको कार्यदलले सहमति जुटाउन नसकेपछि फेरि गठबन्धनकै शीर्ष नेतालाई सिट बाँडफाँटको जिम्मेवारी दिइएको छ । तर, शीर्ष नेताहरुले पनि सिट बाँडफाँटमा सहमति जुटाउन नसकेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकमा दलहरूले आ–आफ्नो अडान राख्दा सहमति नजुटेको हो । सहमति जुट्न नसकेपछि बिहीबार पुनः बैठक बस्ने तयारी गठबन्धनको छ ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन एक भएर जाने निर्णय गरेका दलहरुबीच सिट बाँडफाँटमा सहमति जुट्न नसकेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


