बुधबार ४८७ नयाँ संक्रमित थपिए, १६४ जना संक्रमणमुक्त

काठमाडौं, ८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ४८७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ६१ पुगेको छ ।
हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २९८ रहेको छ । जसमध्ये ४ हजार १२३ जना होम आइसोलेसनमा रहेका छन् भने १७५ जना संस्थागत आइसोलेसन र ५० जना आईसीयूमा छन् ।
यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


