जनकपुरधाम, ८ भदौ । बजाज कम्पनीको ‘डिस्कवर’ मोटरसाइकलको प्रचारप्रसार गर्ने उद्देश्यले जनकपुरधाममा ‘बजाज माइलेज च्याम्पियन’ हुन लागेको छ ।

जनकपुरधामस्थित बजाज कम्पनीको आधिकारिक बिक्रेता ओम अटो मोबाइल्सले बिहीबार माइलेज प्रतियोगिताको आयोजना गर्न लागेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

जनकपुरधामको रंगभूमि मैदान बाह्रबिघामा बिहिबार बिहानदेखि हुने सो प्रतियोगितामा १ सय बढी प्रतियोगीहरुले भाग लिने ओम अटोका संचालक संतोषकुमार साहले जानकारी दिए । सो प्रतियोगिता बिहिबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म चल्ने उनले बताए ।

प्रतियोगितामा भाग लिने प्रतियोगीहरुलाई ओम अटोले नै नयाँ डिस्कवर मोटरसाइकल उपलब्ध गराउने र प्रत्येक गाडीमा १ सय एमएल पेट्रोल राखेर माइलेज मापन गरिने बजाजको सेल्स हेड श्रीधर भण्डारीले जानकारी दिए ।

उनले प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार नगद बराबरको जिन्सी पुरस्कार र ट्रफी, द्वितिय हुनेलाई ५ हजार बराबरको जिन्सी पुरस्कार र ट्रफी तथा तृतिय हुनेलाई ३ हजार नगद बराबरको जिन्सी र ट्रफी प्रदान गरिने बताए ।

पेट्रोलियम पदार्थको मूल्य आकाशिंदै गइरहेको अवस्थामा यस प्रकारका प्रतियोगिताले डिस्कवरका मोटरसाइकलप्रति ग्राहकमा विश्वास बढ्ने भण्डारीले बताए ।