निहारिकाको मुद्दामा डीएनए परीक्षणको आदेश

काठमाडौं, ८ भदौ । उच्च अदालत जनकपुरले निहारिका सिंह राजपुतको मुद्दामा डीएनए परीक्षणको लागि आदेश दिएको छ ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले डीएनए परीक्षण गर्न आदेश दिएको हो ।
उच्च अदालत जनकपुरले निहारिकाको बच्चा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको हो ।
निहारिकाको तर्फबाट उच्च सरकारी वकिल कार्यालय जनकपुरका न्यायाधिवक्ता यदुनाथ शर्मा, मीरा ढुंगाना, निशा रेग्मी, शान्ति काफले र रिंकु कुमारी यादवले बहस गरेका थिए ।
प्रतिवादी शिवराज श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्रले बहस गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


