महाअभियोग सिफारिस समितिले जबरालाई बयानको लागि बोलायो

काठमाडौं, ८ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बयानको लागि बोलाएको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो ।
बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति रामबहादुर बिष्टले सो कुराको जानकारी दिएका हुन् । उनले समितिको बैठकले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरिएको बताए ।
बैठकको निर्णय सुनाउँदै समिति सभापति बिष्टले भने, – ‘महाअभियोग सिफारिस समितिले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरिएको छ । दोस्रो, समितिको कार्यतालिकालाई परिमार्जनसहित स्वीकृत गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मिति २०७९/०५/१५ गते ११ बजे सोधपुछ बयानका लागि बोलाउने निर्णय गरियो ।’
बैठकले समितिको कार्यतालिकालाई पनि परिमार्जनसहित स्वीकृत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


