नक्सा पास नभए जिल्ला अदालतमा पनि डोजर चल्छ : मेयर बालेन शाह

काठमाडौं, ८ भदौ । काठमाडौं महानरपालिकाका मेयर बालेन शाहले महानगरभित्र अनधिकृत रूपमा बनेका संरचना हटाउन सुरु गरेका छन् ।
काठमाडौं महानगरपालिकाले बुधबार बिहानैबाट महानगरभित्रका नक्सापासबिनाका संरचनामा डोजर चलाएर हटाएको हो ।
महानगरपालिकाभित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासबिना बनाइएका संरचनामा डोजर चलाएर हटाइएको हो ।
काठमाडौंमा पार्किङका लागि नक्सा पास गरी बनाएका अनधिकृत संरचना डोजर लगाएर भत्काइएको हो । महानगरले काठमाडौं मल अगाडिको संरचना, खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलका संरचना डोजर लगाएको थियो ।
सोही क्रममा मेयर शाहले नक्सा पास नगरी बनाइएका जिल्ला अदालतका संरचना पनि हटाइने बताएका छन् । उनले कानुन सबैलाई लाग्ने र बराबरी हुने भन्दै अदालतलाई आफूले समय दिएको बताए ।
‘ठूलोलाई लाग्ने सानोलाई नलाग्ने होइन, सबैलाई बराबर हो । हामीले जिल्ला अदालतलाई समय दिएका छौं । जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि त्यहीँ हुने हो,’ उनले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


