बर्दिवासबाट अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ

महोत्तरी, ८ भदौ । महोत्तरी प्रहरीले बर्दिवासबाट अवैध लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–११ माधोपुर बस्ने २६ वर्षीय पिताम्वर साह रहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासको कार्यालय अगाडि ईलाका प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा साह अवैध लागूऔषध गाँजासहित पक्राउ परेको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रवि रावलले जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग. १ ख ९०३० नम्बरको बस रोकेर चेकजाँच गर्ने क्रममा बसमा लुकाई छिपाई राखिएको कालो रङको झोलामा प्लाष्टिकभित्र ३ किलो ९६ ग्राम अवैध लागूऔषध गाँजा बरामद भएको उनले बताए ।
साहलाई महोत्तरी जिल्ला अदालतबाट सातदिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


