जनकपुरधाम, ८ भदौ । धनुषा प्रहरीले अवैध रुपमा खोला उत्खनन गर्ने चारवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

धनुषाको गणेशमानचारनाथ नगरपालिका–६ स्थित कमला खोलामा गिट्टीबालुवा उत्खनन गरिरहेको अवस्थामा चारवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी पोर्ताहाबाट खटेको प्रहरी टोलिले ना. ७ त. ६४८६, प्रदेश २–०३–००१ त १११०, प्रदेश २–०१–००१ त ११५६ र प्रदेश २–०१–००१ त.८६४ नम्बरको टयाक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नियन्त्रणमा लिइएका ट्याक्टरहरु आवश्यक कारवाहीका लागि गणेशमानचारनाथ नगरपालिकाको कार्यालयमा पठाइएको छ ।