कांग्रेस नेता निधि बिहीबार भारत भ्रमणमा जाँदै

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा जान लागेका छन् ।
नेता निधि एक साताका लागि भारत जान लागेका हुन् । भ्रमणका क्रममा केही अनौचारिक भेटघाट हुने निधिले बताए ।
उनले आफ्ना केही पुराना मित्रहरु त्यहाँ रहेकाले राजनीतिक भेटघाट पनि हुनसक्ने बताए ।
यसअघि उनी गत साउन २२ गतेमात्र भारत भ्रमणबाट फर्किएका थिए । भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए ।
यो प्रस्ताव राममन्दिर पुनर्निर्माण समितिले विदेश मन्त्रालयमा पठाएकाले छलफलका लागि भारत जान लागेको निकटवर्तीहरुले बताएका छन् ।
निधिले पनि जनकपुरधाम र अयोध्याबीच धार्मिक, सांस्कृतिक र कूटनीतिक सम्बन्ध विस्तारका लागि पहल गरिरहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


