शहिदनगरमा माओवादी केन्द्रको विरोध प्रदर्शन

जनकपुरधाम, ७ भदौ । धनुषाको शहिदनगर नगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।
नेकपा माओवादी केन्द्रले नागरिकता विधेयक पारित गर्नुपर्नेलगायतका विभिन्न माग गर्दै यदुकूहामा विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले विभिन्न नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका छन् । नागरिकता विधेयक पारित गर, राष्ट्रपति विद्यादेवी भण्डारी मुर्दावाद, बलात्कारीलाई कारवाही गर, बलात्कारीको संरक्षक मुर्दावाद, शान्ति सुरक्षा कायम गरलगायतका मागहरु राखी विरोध प्रदर्शन गरिएको हो ।
विरोध र्याली यदुकूहाको विभिन्न भागको परिक्रमा गर्दै भट्ठीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा स्थानीय नेता रामकिशोर पासवान, वडाध्यक्ष सुरेश कापर, हेम शंकर भण्डारी, युवा नेता रुपेश बिराजीलगायतकाहरुले आ–आफ्नो धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


