महोत्तरी, ७ भदौ । साउदी अरबबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमा पैसा पठाउँदा महोत्तरीका जम्सेद नदाफले कार उपहार पाएका छन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिका स्थायी घर भएका ३५ वर्षीय नदाफले कार पाउन सफल भएका हुन् । उनी ६ वर्षदेखि साउदीमा काम गर्दै आएका छन् ।

सिटी एक्सप्रेस र साउदी अरबस्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा ६ महिनाका लागि ‘नेपाल पैसा पठाउनुहोस् र पुरस्कार जित्नुहोस्’ योजना चलाइएको थियो ।

यसअन्तर्गत साउदीको टेलिमनी बैंकमार्फत सिटी एक्सप्रेसमा रकम पठाउँदा १५ जनाले सामसङ मोबाइल फोन, तीन जनाले १० ग्राम सुन, तीन जनाले पाँच हजार साउदी रियाल नगद उपहार पाएका छन् ।

यस्तै तीन जनाले आइफोन–१३ प्रो म्याक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गरेका छन् ।

योजनाअनुसार भदौ ३ गते साउदीस्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमकाबीच बम्पर उपहारमा निसान सन्नी कार विजेतालाई हस्तान्तरण गरिएको छ ।