प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

काठमाडौं, ७ भदौ । प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरिएको छ ।
मंगलबारदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै सभामुख समक्ष नेकपा एमालेको आग्रहमा बैठक स्थगित गरिएको हो ।
बैठक भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
मंगलबारको बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


