जनकपुरधाम, ६ भदौ । नेपाली कांग्रेस निकट नेपाल तरूण दल धनुषाले स्वर्गीय प्रदीप गिरीको सम्झनामा जनकपुरधाममा श्रद्धान्जली सभाको आयोजना गरेको छ ।

सोमबार स्थानीय जनकचोकमा दीप प्रज्वलन गरी श्रद्धान्जली सभा मनाइएको हो ।

नेपाल तरूण दल धनुषाका कोषाध्यक्ष अन्जनी झाको अध्यक्षतामा आयोजित श्रद्धान्जली सभामा नेविसंघका नेता संजीव यादव, कांग्रेस जनकपुरधामका नगर उपसभापती राकेश बिक्रम साह, नेविसंघका सुजित यादव, तरूण दलका सोनु निधि, विनय राय, रूपेश ठाकुर, रमेशकुमार यादव, रमेशकुमार महतो, मनिष कुमार यादव, बलराम साह, अजय झा, प्रत्युश ठाकुर, जंगेश कामत, राहुल कुमार यादव, निशान ओझा, विजय महतालगायतकाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले स्वर्गीय गिरीको योगदान समाजसेवा तथा राजनीतिमा समेत अग्रणी रहेको बताए।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरीको शनिबार राति साढे ९ बजे ७५ वर्षको उमेरमा निधन भएको थियो ।