गिरीको निधनमा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं, ६ भदौ । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको सोमबार बसेको अलग अलग बैठकले प्रखर समाजवादी चिन्तक समेत रहेका गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो । त्यस अवसरमा उनको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो ।
प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले र राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वर्गीय गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकले पारित गरेको हो ।
विक्रम संवत २००६ सालमा सिरहा जिल्लाको बस्तीपुरमा जन्मिएका गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा भदौ ४ गते शनिबार राति साढे ९ बजे निधन भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


