लागूऔषधसहित एक व्यापारी पक्राउ

कैलाली, ६ भदौ । कैलाली प्रहरीले लागूऔषधसहित एक व्यापारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर–६ घर भई हाल जुगेडामा किराना पसल गरेर बसेका ३६ वर्षीय दिनेश सिंह रहेका छन् ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सिंहको पसलमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोसाकको टोलीले शङ्का लागेर चेकजाँच गरेको थियो । त्यसपछि उनले लुकाई छिपाई राखेको १ किलो लागूऔषध चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।
सिंहलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


