अश्लीलता प्रदर्शन गर्ने कलाकारहरु प्रहरीको नियन्त्रणमा

महोत्तरी, ६ भदौ । महोत्तरी प्रहरीले अश्लीलता प्रदर्शन गर्ने कलाकारलाई नियन्त्रणमा लिएको छ ।
कृष्ण जन्माष्टमीको अवसरमा जिल्लाको विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम तथा आर्केस्ट्रामा अश्लीलता प्रदर्शन गर्ने ९ जना कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दोहोरो अर्थ लाग्ने गीतमा नृत्य गर्ने गौशाला नगरपालिका–११ कान्तिबजार तथा गौशालाकै निगौलबाट ९ जना महिला कलाकारसहित ३ जना पुरुषलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको हो ।
सांस्कृतिक कार्यक्रमको लागि बोलाइएको भनिए पनि उनीहरू दोहोरो अर्थ लाग्ने गीतमा नृत्य प्रस्तुत गरिरहेको प्रहरीको भनाइ छ ।
यता शनिबार राति कलाकारहरूलाई नियन्त्रणमा लिन गएको प्रहरीमाथि नै स्थानीय युवाहरूले हुलहुज्जत गर्न खोजेको र कान्तिबजार प्रहरी चौकीमा ढुंगामुढासमेत गरेपछि दुईजनालाई नियन्त्रणमा लिई सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले मुद्दासमेत चलाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


