जनकपुरधाम, ५ भदौ । ब्लड फर नेपाल धनुषाले जनकपुरधामस्थित राजर्षि जनक क्याम्पसमा रगत जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान जिवन दान, आज अरुको लागी भोली आफ्नो लागी भन्ने मुल नाराका साथ ब्लड फर नेपाल धनुषाका संयोजक बलराम प्रसाद गुप्ताको अध्यक्षतामा रगत सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।

प्रत्येक ३ महिनामा मानव शरिरमा रहेको रक्त कोषहरु आफैं मरेर जाने भएकोले त्यस्तो रगत दान गर्दा कसैको जिबन बचाउन सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न सबै संघसंस्था तथा सचेत नागरिकको कर्तव्य रहेको संयोजक गुप्ताले बताए ।

उनले एक जनाको रगतबाट ३ जनासम्मको जिवन बचाउन सकिने भएकाले यस्तो पुण्य काम गर्दा रक्तदाताहरुको शरीरमा कमजोरी महशुस नभई गर्वले आफ्नो छाती फुल्ने र आफु अझ फुर्तिलो भएको महशुस गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनुषाका हरि नारायण साह, ब्लड फर नेपाल धनुषाका श्याम साह, गौतम झा, सरताज हुसैन, अजय झा, प्रभास राय, निशान्त ओझा, प्रत्युष ठाकुरलगायतकाहरुको उपस्थिती रहेको थियो ।