महोत्तरी २ को ‘क’ बाट यादवको एकल नाम सिफारिस

जनकपुरधाम, ५ भदौ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम सुरु गरिसकेका छन् ।
सोही क्रममा प्रदेशसभा निर्वाचन अन्तर्गत महोत्तरी क्षेत्र नम्बर २ को ‘क’ बाट नेकपा एकीकृत समाजवादीकी नेतृ मञ्जुकुमारी यादवको एकल नाम सिफारिस भएको छ ।
पार्टीको भंगहा नगर कमिटीको बैठकले उनको एकल नाम सिफारिस गरेको हो ।
नगर अध्यक्ष किशोरी सिंहको अध्यक्षतामा बसेको बैठकले पाँच वटा निर्णय गरेको पार्टीका मधेस प्रदेश कमिटी सदस्य रमेश यादवले जानकारी दिए । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट गिरिराजमणि पोखरेल निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभामा विजय कुमार महतो, २ को ‘क’ बाट छन् ।
सो क्षेत्रबाट अहिले लोसपाका जयनुल राइन निर्वाचित छन् भने मञ्जु समानुपातिक सांसद हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


