बाराबाट लागूऔषधसहित दुईजना भारतीय युवक पक्राउ

बारा, ४ भदौ । प्रहरीले बाराबाट लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहारको मोतिहारी जिल्ला महुअवा थाना ग्राम पञ्चायत कोरैया–१ बस्ने ३२ वर्षीय चन्दन मिश्रा र २ बस्ने २५ वर्षीय धर्मजित कुशवाहा रहेका छन् ।
शनिवार जिल्लाको कलैया उपमहानगरपालिका–२० बाट उनीहरूलाई पक्राउ गरिएको हो ।
भारतको बिहारबाट नेपाल आएको बीआर ३० आर ९३९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरीले उनीहरूको पिठ्युँमा बोक्ने झोलाभित्र लुकाई छिपाई नेपालमा बिक्रीका निम्ति ल्याएको डाइजेपाम, फेनारगन र नुर्फिन ६–६ सय थान र नाइट्राभेट–१० तीन सय थान लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
लागूऔषध फेला परे पश्चात उनीहरू सवार मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय बारा ल्याइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


