उपसभामुख भुसाललाई मातृ शोक

काठमाडौं, ४ भदौ । उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ ।
उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको शनिबार बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो ।
दिवंगत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् ।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


