करेन्ट लागेर बाबु र छोराको मृत्यु

बाँके, ४ भदौ । बाँकेको नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परशुराम कलवार र उनका २५ वर्षीय छोरा बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
अटो रिक्सा चार्ज गर्ने क्रममा छोरालाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबुलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


