काठमाडौं, ३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलको भूमिका रहने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित योङ कम्युनिस्ट लिग, नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रलाई राजनीतिक स्थायित्व दिन सबै दलले आ–आफ्नो पूर्वाग्रह त्याग्नुपर्ने बताएका हुन् ।

उनले सुशासन स्थापना र देशको विकासको निम्ति पनि सबै दलको सामूहिक भूमिकाको आवश्यकता पर्ने उल्लेख गरे । अध्यक्ष दाहालले कुन विचार र नेतृत्वबाट राष्ट्र एकतावद्ध हुनसक्छ भन्ने विषयमा मनन् गर्नुपर्ने बेला आएको बताए ।

उनले देशको राजनीतिक परिवर्तनमा पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग, नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको भन्दै प्रशंसासमेत गरे ।